काठमाडौँ।
प्यालेस्टिनी समूह हमासले आफ्नो नियन्त्रणमा रहेका सबै जीवित इजरायली बन्धकहरूलाई हस्तान्तरण गरिएको बताएको छ । हमासका अनुसार, मृत बन्धकहरूको शव पछि इजरायललाई हस्तान्तरण गरिनेछ। तर, यसको समय भने तोकिएको छैन।
इजरायली मिडिया रिपोर्टहरूका अनुसार, हमासले दक्षिणी गाजाबाट १३ जना इजरायली बन्धकहरूको दोस्रो समूहलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरेको छ।
रेडक्रसका अधिकारीहरूले ती बन्धकहरूलाई हाल इजरायलतर्फ लैजाँदै गरेको बताइएको छ।
यसअघि, हमासले आज बिहान सात इजरायली बन्धकहरूको पहिलो समूहलाई रिहा गरेको थियो। इजरायली सेनाले केही बन्धकहरूको पहिलो तस्बिर पनि सार्वजनिक गरेको छ।











प्रतिक्रिया