काठमाडौँ।
प्यालेस्टिनी समूह हमासले २० जना इजरायली बन्धकहरूको सूची सार्वजनिक गरेको छ। प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ का अनुसार, सार्वजनिक गरिएको सूचीमा ती २० जना बन्धकका नाम छ, जो हालसम्म जीवित रहेको विश्वास गरिएको छ । उक्त सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।
यसैबीच, इजरायली सरकारले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम सूची अनुमोदन गरेको छ। इजरायली सञ्चारमाध्यमका अनुसार, प्रधानमन्त्रीको कार्यालयमा आइतबार राति बसेको मन्त्रीपरिषद् बैठकले उक्त सूचीलाई स्वीकृति दिएको हो।
हारेट्ज दैनिकका अनुसार, सम्झौताअनुसार १,७१८ जना प्यालेस्टिनी कैदी र २० जना गाजास्थित इजरायली बन्धकहरूलाई परस्पर रिहा गरिने तयारी गरिएको छ।
सोमबार बिहानदेखि तेल अभिभमा ठूलो संख्यामा इजरायली नागरिकहरू भेला भएर बन्धकहरूको शीघ्र रिहाइको माग गरिरहेका छन्।











प्रतिक्रिया