काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गाजाबाट बन्धकहरूको रिहाइ सुनिश्चित गर्न सोमबार इजरायलतर्फ प्रस्थान गरेका छन्। प्रस्थान अघि उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “गाजामा युद्ध समाप्त भएको छ।”
राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई युद्धविराम जारी रहने र गाजाको पुनर्निर्माणका लागि शान्ति बोर्ड छिट्टै गठन हुने जानकारी दिएका छन्।
एयर फोर्स वन अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो, जसबाट ट्रम्प इजरायल हुँदै इजिप्ट पुग्ने योजना छ।
हमासले इजरायली बन्धकहरूलाई सोमबार दिउँसो १२ बजे (स्थानीय समय) सम्म रिहा गर्नुपर्ने समयसीमा तोकेको छ।
इजरायल भ्रमणपछि ट्रम्प इजिप्टको यात्रा गर्ने कार्यक्रम छ, जहाँ उनले गाजाको अवस्थाबारे विभिन्न देशका नेताहरूसँग छलफल गर्नेछन्।
“हामी सबैलाई खुसी राख्नेछौं — चाहे तिनीहरू यहूदी हुन्, मुस्लिम हुन् वा अरब देशका नागरिक हुन्,” ट्रम्पले भने, “इजरायलपछि हामी इजिप्ट जाँदैछौं, जहाँ ठूला, शक्तिशाली र धनी राष्ट्रका नेताहरूसँग भेट हुनेछ।”
यसबीच, बेलायती प्रधानमन्त्री केयर स्टारमर पनि इजिप्ट आइपुगेका छन् र उक्त बैठकमा सहभागी हुनेछन्। बीबीसीबाट











प्रतिक्रिया