काठमाडौं।
नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ।
नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमन्डस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्दै एरिकालाई २५ हजार पाँच सय ५५ रूपैयाँसहित सम्मान गरेको हो । संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेकी हुन् ।
एरिकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनले उक्त च्याम्पियनसिपमा कुमितेमा ६८ केजी तौलमाथि ट्युनिसियाकी मसाक्नी टेस्निमलाई २–० ले हराएकी थिइन् । योसँगैं उनी कराते वान सिरिज ‘ए’ मा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीसमेत बनिन् ।











प्रतिक्रिया