रक्तवच्छला आधारभूत विद्यालयको शिक्षक सरुवाविरुद्ध गाउँपालिकामा ताला

7.99k
Shares

धादिङ ।

शिक्षक सरुवाको विषयलाई लिएर गल्छी गाउँपालिका कार्यालयका गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णहरि श्रेष्ठको नेतृत्वमा ताला लगाइएको छ ।

गल्छी गाउँपालिका–२ स्थित रक्तवच्छला आधारभूत विद्यालयका प्रााथमिक तहका  शिक्षक रुपक खतिवडाको सरुवाको विषयलाई लिएर गल्छी गाउँपालिका पूर्व अध्यक्षसहित माधव नेपालले नेतृत्व गरेको समाजवादीका नेताहरु र केही शिक्षकहरुले गाउँपालिका  कार्यालयमा ताला लगाएका हुन् ।

प्राथमिक तहका शिक्षक रुपक खतिवडा गणित विषय अध्यायन गरेका र योग्यता भएका शिक्षक भएकोले जनकल्याण माविमा लामो समयदेखि शिक्षक नभएका कारण गाउँपालिका शिक्षा ऐन अनुसार सरुवा गरिएको थियो । शिक्षक सरुवाभएपछि रक्तबच्छला आविबाट दरबन्दीसहित शिक्षक सरुवा गरिएको भन्दै विरोध जनाउँदै आएका केही शिक्षक र नेकपा समाजवादीका नेताहरु वर्तमान अवस्थामा गाउँपालिकाले समस्या  समाधान गर्ने बताएपनि तालाबन्दी नै गर्न पुगेका हुन् ।

रक्तबच्छला आविमा यसअघि गणित पढाएका र योग्यता समेत भएका एकजना शिक्षक भएकोले पालिकाभित्र शिक्षक सरुवा गर्न र व्यवस्थापन गर्न सक्ने कानूनी व्यवस्था भएकोले वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र शिक्षा शाखाको सहमति र छलफल पछि शिक्षक व्यवस्थापन अन्तरगत शिक्षक सरुवा गरिएको र रक्त बच्छला आविका अर्को एकजना शिक्षक व्यवस्थापन गर्ने विषयमा पालिका शिक्षा शाखामा छलफल भइरहेको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले बताएका छन् ।

नेकपा एसमा जिल्ला, पालिका र केन्द्रीय नेताहरु विद्यालयका विद्यार्थी लिएर गाउँपालिका गएका थिए । गाउँपालिका अध्यक्ष उपाध्यक्षसंग छलफल भएर शिक्षक व्यवस्थापनको लागि गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजी तिवारी प्रतिवद्धता व्यक्त गरेर केही समय पर्खन आग्रह गरिएपनि नेकपा एसका नेताको निर्देशनमा तालाबन्दी गरिएको थियो ।

छलफल गरेर समस्या समाधान गर्न गाउँपालिका लागिरहेकाे र यसबारेमा  दुइदिनमा समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपनि तत्काल शिक्षक फिर्ता नगरे ताला लाउँछाैँ भनेर छलफल गर्दागर्दै पनि पालिकामै ताला लगाएकाे गाउँ पालिका उपाध्यक्ष भाईकाजी तिवारीले बताए ।

समस्याको समाधान खोजेर निष्कर्षमा पुर्‍याउनुपर्नेमा ताला लगाइएपछि समस्या समाधान खोज्न समेत अप्ठेरो परेको गाउँपालिकाले जनाएको छ ।