काठमाडौं।
सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमका लागि एसियाली विकास बैंक (एडीबी) सँग १०० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब २५ करोड रुपियाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । मन्त्रिपरिषद् बैठकले ऋण प्राप्तिका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
यो ऋण बजेटरी सहायताका रूपमा लिन लागिएको हो, जसले सरकारको वित्तीय पारदर्शिता र सेवा प्रवाह प्रणाली सुदृढ गर्ने उद्देश्य राखेको छ।











प्रतिक्रिया