दोलखा।
दोलखाको रोल्वालिङ हिमशृङ्खलामा पर्ने ५६३० मिटर अग्लो ‘यलुङ रि’ हिमालको एकैपटक आठ महिलाहरुले सफल आरोहण गरेका छन् । यो टोलिमा बिभिन्न छ वटा देशका आठ जना महिलाको सहभागिता रहेको थियो ।

हिमाल आरोहणमा महिला सहभागितालाई प्रवद्धन गर्ने उद्देश्य सहित अघि बढेको यो टिमले गत बुधवार बिहान ८ बजेर २ मिनट जाँदा ‘यलुङ रि’ हिमालको एकैपटक आरोहण गरेको उनीहरुलाई नतृत्व गर्ने अन्तर्राष्ट्रिय हिमाल आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताए । आरोहण दलका सदस्यहरुले बुधवार बिहान १ बजेबाट आरोहण सुरु गरेकोमा सात घण्टामा यलुङ रि हिमालको चुचुरामा पुग्न सफल भएका थिए ।
‘यलुङ रि’ हिमालको सफल आरोहण गर्नेहरुमा मारीयम सारीपोभा र फौरोक सार्कमामोडोबा (ताजिकास्तान), छेतेन डोल्मा (ले लदाख भारत), आमिना हानिफ र सिदिकम हानिफ (पाकिस्तान), सुजना तमाङ (काभ्रेपलाञ्चोक नेपाल), डानिका गिल्बट (अमेरीका) र निकी हैदरी (अफगानिस्तान, हाल जर्मनीमा शरणार्थी) रहेका छन् । उनीहरु अन्तर्राष्ट्रिय हिमाल आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाको खाङग्री ट्रेक प्रालिबाट आरोहणका लागि गएका हुन् ।

उनीहरुलाई नेपालको तर्फबाट अन्तर्राष्ट्रिय हिमाल आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाले नेतृत्व गरेका थिए भने अमेरीकाको डानिका गिल्बटले नेतृत्व गरेकी थिईन । आरोहणको क्रममा गाईड गर्न लग्मी तमाङ र मिङमा छिरी शेर्पा समेतसंगै रहेको पासाङ किदर शेर्पाले बताए । अफगानिस्तानको निकी हैदरी भने स्वास्थ्यमा समस्या आएपछि ‘यलुङ रि’ को ४ हजार मिटरसम्म मात्र पुग्न सकेको टिम लिडर पासाङ किदरले बताए ।
आफू र पासाङ किदर शेर्पाको नेतृत्वमा एकैपटक आठ जना महिलाले ‘यलुङ रि’ हिमाल आरोहण गर्न सफलता प्राप्त गर्दा निक्कै खुशी लागेको आरोहणमा संलग्न अमेरीकी नागरिक डानिका गिल्बटले बताईन ।

महिला आरोहण टिमले रोल्वालिङ हिमशृङ्खलामा नै पर्ने ५९३० मिटरको ‘रामदुङ’ हिमाल आरोहण गर्ने तालिका बनाएको भएपनि अत्यधिक हिमपातको कारण सम्भावना नभएपछि ५६३० मिटर अग्लो ‘यलुङ रि’ हिमाल आरोहण गरेको पासाङ किदर शेर्पाले बताए ।











प्रतिक्रिया