बुटवल।
नेपाली कांग्रेसमा नयाँ नेतृत्व परिवर्तन बिना आगामी निर्वाचनमा जान नहुने भन्दै कांग्रेसका शुभेछुकहरुले नयाँ नेतृत्व परिवर्तनका लागि सुझाव दिएका छन् । नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिको शनिवार बुटवलमा भएको तेस्रो अधिवेशनमा वोल्नेहरुले निर्वाचनमा गाउँ गाउँमा भोट माग्न जानका लागि कांग्रेसको नेतृत्व परिवर्तन अपरिहार्य रहेको औल्याएका छन् । जेन्जी आनदोलनको मागलाई आत्मसाथ गदै कांग्रेसले नेतृत्व परिवर्त गर्न र योग तथा मुलुक हाँक्न सक्ने भिजन भएकाहरुलाई अगाडी ल्याउन समेत वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेयले पार्टी भित्र रहेको गुटउपगुटको अन्त्य गरी कांग्रेसलाई एकतावद्ध बनाउने गरी नेतृत्व परिवर्तन आवशयक रहेको बताए । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीभित्र उच्च तहवाट सुधार जरुरी रहेको बताए । सभापति पन्थीले नियमित वा विशेष अधिवेशन गरेर भएपनि कांग्रेसमा नेतृत्व परिवर्तन गर्न सुझाउदै नेतृत्व परिवर्त विना निर्वाचनमा जान नसकिने दाबी गरे ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले फागुन २१ को निर्वाचनमा जानुको विकल्प नभएको भन्दै त्यो भन्दा अगाडी कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको औँल्याए । कांग्रेसमा नेतृत्व परिवर्तन विना निर्वाचनमा गएमा थप कमजोर हुने उपसभापति श्रेष्ठको कथन रहेको छ । जेन्जी आन्दोलनको उपलब्धीलाई आत्मसाथ गर्नुको विकल्प छैन भन्दै देश बचाउनका लागि निर्वाचन नै उपयुक्त माध्यम रहेको दाबी गरे ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका कांग्रेसका प्रखर वक्ता तथा केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेपाली कांग्रेसलाई सच्चाउने र कांग्रेस सच्चिनेमा कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गरे । त्यतिमात्र होईन केन्द्रीय सदस्य भण्डारीले कांग्रेसमा नेतृत्व परिवर्त पनि हुने अनि निर्वाचनमा जाने गरी अगाडी बढने जिकिर गरे । उनले कांग्रेसमा अब योग्य देश हाँक्न सक्ने भिजन भएकाहरुले नेतृत्व लिने पनि स्पष्ट पारे ।
नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिका अध्यक्ष घनश्याम पन्थको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका नेताहरु अननतराम पन्थ, पारिश्वर ढकाल ,रवि ज्ञवाली, छन्द पहराई, राजेन्द्र पन्थी, सावित्रा टण्डन, सुवास गौतम परशुराम ढकाल ,लोक प्रसाद खरेल, नर प्रसाद खनाल ,छाया पोखरेल ,पृथ्बी फौजदार लगायतले कांग्रेस नसचिए सकिने भएकाले समयमै बुद्धि पुराउन सुझाव दिएका थिए ।











प्रतिक्रिया