काठमाडौँ ।
गाजा पट्टीमा हमास र इजरायलबीच युद्धविराम लागु भएपछि शुक्रबार बिहान इजरायली सेनाले गाजाका केही भागबाट आंशिक रूपमा फिर्ता भएको छ। अमेरिकाको मध्यस्थतामा भएको सम्झौताको पहिलो चरण अन्तर्गत हमासले २० जना जीवित इजरायली बन्दी र २८ जनाको शव सोमबार दिउँसोसम्म फिर्ता गर्नुपर्नेछ। यसको सट्टामा इजरायलले २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।
युद्धविरामपछि गाजामा अत्यावश्यक मानवीय सहायता बोकेका दैनिक ६०० ट्रक प्रवेश गर्ने अपेक्षा गरिएको छ। गत अगस्टमा संयुक्त राष्ट्रसंघले गाजाको एक भागमा अनिकाल घोषणा गर्दै ५ लाखभन्दा बढी मानिसहरू संकटमा रहेको जनाएको थियो। अमेरिकाले युद्धविरामको निगरानीका लागि २०० सैनिक इजरायल पठाउने तयारी गरेको छ।











प्रतिक्रिया