क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट


काठमाडौं।

हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।
नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाएका हुन् ।

विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष टी २० विश्वकप र आईसीसी महिला यू १९ टी २० विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले २०८१ चैत्र १७ गतेको निर्णय अनुसार १० रुपैयाँ दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।