बाढीले बगाएर एक जनाको मृत्यु


मुगु।

वर्षापछि आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिकामा पर्ने चडिपानीस्थित गाईगोरु चराउँदै गरेको बेला बुधबार छायानाथ रारा नगरपालिका–६, कोटिला गाउँ निवासी ६६ वर्षीय धर्मसिङ मल्ललाई बाढीले बगाएर मृत्यु भएको हो ।

छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेपबहादुर रावलकाअनुसार कोटिलागाउँको चडिपानी पाखामा दिउँसो गाईलाई चरन क्षेत्रमा चराउँदै गरेको समयमा भारी वर्षाका कारण बाढीले दुई मिटर तल बगाएर फरक क्षमता भएका धर्मसिङ मल्लको मृत्यु भएको हो।

उनले भने, “चडिपानी चरन क्षेत्रमा लिएका गाईगोरुलाई भारी वर्षाले कुनै पनि असर पारेको छैन्। गाईगोरु सबै सकुशल छन् ।” प्रमुख जिल्ला अधिकारी खडान्द खत्रीका अनुसार बाढीले बगाएर एक जनाको मृत्यु भएको खबर पाएलगत्तै घटनास्थलमा प्रहरी टोली गएको छ ।