काठमाडौं ।
अस्ट्रेलियाको ब्रिस्बेनमा आगामी अक्टोबर १५ देखि १९ सम्म हुने विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा सहभागी हुन लागेका नेपाली बक्सरद्वय उमङ्ग खत्री र अजित मगरलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।
ललितपुर जिल्ला खेलकुद समितिका अध्यक्ष विनोद महर्जनद्वारा बिहीबार आयोजित एक कार्यक्रममा दुवै खेलाडीलाई बिदाइ गरेका हुन । नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन विक्रम प्रजापतिले खेलाडीलाई दोसल्ला ओढाएर सम्मानपूर्वक बिदाइ गरे । प्रतियोगितामा ललितपुर विष्णुडोल निवासी उमङ्ग खत्रीले ५१ केजी तौल समूहमा तथा उदयपुरको गाईघाट निवासी अजित मगरले ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष ओम नारायण श्रेष्ठ, संघका भूपू अध्यक्ष तथा राष्ट्रिय खेलाडी गोविन्द डंगोल लगायतले खेलाडीलाई आर्थिक सहयोग प्रदान गरे । म्याक्स बक्सिङ प्रमोशनका अध्यक्ष दोया मुक्ति थापा र विपिन कार्कीले अस्ट्रेलियामा खेलाडीहरूको बसोबास तथा व्यवस्थापनको जिम्मेवारी लिने जानकारी दिइएको छ । त्यस्तै, एनपीबीसीका महासचिव सविन कार्कीका अनुसार दुवै खेलाडीले प्रतियोगितापछि अस्ट्रेलियाको विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण पनि लिने जानकारी गराएका छन् ।











प्रतिक्रिया