दशैँमा ३ फिल्मको कूल कलेक्सन ९ करोड मात्र

दर्शक २ लाख ७८ हजार ५ सय ४० जना

1.41k
Shares

यस वर्ष दशैंको अवसर पारेर ३ नेपाली फिल्म एकसाथ रिलिजमा आए। गत फूलपातीको दिन असोज १३ गते हरिबहादुरको जुत्ता, माइतीघर र बलिदान एकसाथ रिलिजमा आएका हुन्।

यी ३ फिल्मले गत असोज १३ देखि २० गतेसम्म ८ दिनमा कूल ९ करोड १० लाख ८८ हजार १ सय ३ रुपियाँ कमाई गरेका छन्। राष्ट्रिय बक्स अफिसको रेकर्डअनुसार यी तीन फिल्मले कूल ९ लाख १० करोड ८८ हजार १ सय ३ रुपियाँ ग्रस कलेक्सन गरेका हुन्। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तीनै फिल्मको ८ दिनको राती ११ बजेर ५५ मिनेटसम्मको ग्रस कलेक्सन ९ लाख १० करोड ८८ हजार १ सय ३ रुपियाँ देखिएको हो। दशैंको बिदाको अवसर पारेर ८ दिनमा २ लाख ७८ हजार ५ सय ४० जनाले यी ३ फिल्म हेरेका छन् ।

रिलिजको सुरुमा सबैभन्दा बढी शो पाएको समिर भट्टद्वारा अभिनित फिल्म बलिदानको ग्रस कलेक्सन ८ दिनमा सबैभन्दा बढी देखिएको छ। सन्तोष सेनको निर्माण र निर्देशनमा बनेको बलिदानले नेपालभरको बक्स अफिसबाट ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपियाँ ग्रस कलेक्सन गरेको छ। बक्स अफिस रेकर्डअनुसार यो फिल्म ८ दिनमा कूल १ लाख १९ हजार ५ सय ६१ जनाले हेरेका छन्।

बक्स अफिसमा दोस्रो स्थानका हरिबहादुरको जुत्ता देखिएको छ। दिपेन्द्र के खनालको निर्देशनमा बनेको हरिबहादुरको जुत्ताले ८ दिनमा ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपियाँ ग्रस कलेक्सन गरेको छ। ख्यातिप्राप हास्यव्यंय अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको हरिबहादुरको जुत्ता र बलिदानबीच ग्रस कलेक्सनमा करिब ५० लाखको अन्तर छ। बक्स अफिस रेकर्डअनुसार हरिबहादुरको जुत्ता ८ दिनमा ९० हजार ९ सय ४७ जनाले हेरेका छन्।


धिरज मगर, केदारप्रसाद घिमिरे (माग्ने बुढा) लगायतले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म माइतीघरले ८ दिनमा २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपियाँ ग्रस कलेक्सन गरेको छ भने कूल ६८ हजार ३२ जनाले हेरेका छन्।
दशैंमा आएका फिल्मको बक्स अफिस रेकर्ड यस वर्ष सबैभन्दा कमजोर देखिएको हो। ३ फिल्मले कमाएको दा“जोमा अघिल्ला वर्ष एउटै फिल्मको कूल बक्स अफिस कलेक्सन योभन्दा बढी देखिने गरेको थियो।

ग्रस कलेक्सन फिल्मले गरेको कुल कमाई हो। यसबाट प्रदर्शक, निर्माता र वितरकबीच कमाईको हिस्सा बाँडफाँड हुन्छ। प्रदर्शक र निर्माताबीच ५०÷५० प्रतिशत हिस्सा बाँडफाँड हुन्छ भने वितरकले निर्माताको ५० प्रतिशत हिस्साबाट आप्mनो हिस्सा पाउँछन्। निर्माता र वितरकबीच आपसी समझादारी वा सम्झौतका आधारमा कमाईको हिस्सा बाँडफाँड गर्ने गरिन्छ। वितरकले ५ देखि १५ प्रतिशतसम्म पाउने गरको छन्। यसरी निर्माताले कूल कमाईको ३५ देखि ४२ प्रतिशत हिस्सा घर लान पाउछ।

फूलपातीमा रिलीजमा आएकामध्ये सुरुमा बलिदानले सबैभन्दा बढी शोज पाएको थियो भने पछिल्लो समयमा हरिबहादुरको जुत्ता सर्वाधिक बढी शोज पाउने फिल्म बनेको छ। हलहरुले फिल्म रिलिजको सुरुवातमा जुन फिल्मलाई जेजति शोज दिए पनि दर्शक चाप र दर्शकको मागअनुसार पछि शोज घटाउने र बढाउने गर्दै आएका छन्।


चलचित्र विकास बोर्डले असोज १३ देखि २० गते राति ११ः५५ बजेसम्मको बक्स अफिस रेकर्ड सार्वजनिक गर्दै यो बोर्डद्वारा स्वीकृत भई वार्षिक अध्यावधिक समेत भएको हलका पर्दाहरुको रिपोर्ट भएको जनाएको छ। बोर्डले यसवाहेक कुनै स्थानमा फिल्म प्रदर्शन भएको पाइए नियमानुसार कारवाही हुने पनि जनाएको छ।
मंगलबार र बुधबारको बक्स अफिस भने सार्वजनिक भएको छैन। हाल तीनै फिल्म दोस्रो सातामा प्रदर्शन भइरहेका छन्।