इजरायल–हमास शान्ति योजनामा हस्ताक्षर, बन्धक चाँडै रिहा हुने ट्रम्पको भनाइ


काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन्। यससँगै बन्धकहरू चाँडै रिहा हुने अपेक्षा गरिएको छ। ट्रम्पले यस ऐतिहासिक सहमति हासिल गर्न सहयोग गर्ने कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन्।

युद्धविरामका लागि सोमवार शर्म अल–शेखमा इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता सुरु भएको हो। अक्टोबर ७, २०२३ देखि जारी इजरायली आक्रमणमा गाजामा हालसम्म ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १ लाख ६९ हजारभन्दा बढी घाइते भएका छन्।