देशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


काठमाडौं ।

हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव छ भने अन्य भागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले ती प्रदेशहरूमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई भूभागमा मौसम सफा छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।