नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य


काठमाडौँ।

आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले कुवेतलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ एकमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाएका हुन । यस्तै , गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०-२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए ।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुइ–दुई ‘विकेट’ लिए । मोहम्मद आकिफ फरुकले एक विकेट लिए । कुवेत अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।