कपिलवस्तुमा दुई लाखभन्दा बढीको पटका बरामद


कपिलवस्तु।

कृष्णनगर नगरपालिका-९ घुरनडेहवास्थित सडक छेउबाट करिब २ लाख ३१ हजार ७ सय रूपैयाँ मूल्य बराबरको पटका मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त पटका फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।