मुगु।
हिन्दूहरूको महान् चाड दशैं सकिएर तिहार नजिकिँदै गर्दा मुगु जिल्लामा आउजाउ गर्ने कर्मचारी, विद्यार्थी तथा बिरामीहरूलाई ठूलो कठिनाइ भएको छ ।
करिब ४ महिनादेखि नेपाल एयरलाइन्सको ताल्चा-नेपालगञ्ज मार्गमा हुने उडान बन्द छ भने निजी वायुसेवा कम्पनी समिट, तारा र सिताले पनि विगतमा नियमित उडान गरेपनि हाल माैसमकाे कारण देखाउँदै फाटफुट रूपमा मात्र सेवा दिइरहेका छन् । नियमित उडान नहुँदा यात्रुहरू दिनहुँ सास्ती खेपिरहेका छन् ।
सडक यातायात सहज नभएकाले मुगुवासीहरू मुख्यतया वायुसेवा मै भर पर्न बाध्य हुन्छन् । तर लामो समयदेखि विमान सेवा स्थिर नहुँदा कार्यालयमा कार्यरत कर्मचारी, पढाइका लागि जिल्ला बाहिर जानुपर्ने विद्यार्थी र आकस्मिक बिरामी विशेष रूपमा मर्कामा परेका छन् । शिक्षक जानसा मल्ल भन्नुहुन्छ- ‘आफू काठमाडौ जानको लागि ४ दिन देखि रारा विमान स्थल जाने आउने गर्दै आएको छु जहाजहरुले उडान भरेका छैनन हामिले सास्ती भोगि रहेका छौ ।’

त्यस्तै, स्थानीय बासिन्दाले आकस्मिक स्वास्थ्य उपचारका लागि नेपालगञ्ज वा काठमाडौं जानुपर्ने अवस्था आउँदा अझै ठूलो समस्या भएको बताएका छन् । बिरामी लैजान गाडीमा लामाे समय लाग्ने भएकाले जीवननै जोखिममा पर्ने अवस्था सिर्जना हुने गरेको छ । नेपाल नागरिक उड्यन प्राधिकरण रारा बिमानास्थल ताल्चका प्रमुख रामेल बरियाकाअनुसार निजि स्तरका एयरलाईन्सहरूले दैनिक उडान गर्ने मनसाय भएपनि पटक, पटककाे माैसम बदलीका कारण नियमित उडान हुन नसकेकाे हाे
नेपाल एयरलाइन्स रारा ताल्चका स्टेसन ईन्चार्ज नवीन कुमार बिष्टकाअनुसार यात्रुहरूकाे मागलाई ध्यानमा राखेर मुगुका लागि आगामी सोमबारदेखि उडान सुचारु गर्ने तयारी भइरहेको बताएका छन् । उनकाअनुसार हाललाई ५ ओटा टिकट अनलाइन गरिएकाे छ भने केही समय पछि १० वटा टिकट अनलायन गरिने जनाइएको छ । तर यात्रुहरूले दशैं जस्तो चाडपर्वलाई ध्यानमा राख्दै तत्काल नियमित उडान सञ्चालन गर्न माग गरेका छन् ।











प्रतिक्रिया