राजनीतिक अस्थिरताप्रति आयोगको चिन्ता, संयमताको आग्रह


काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले हालको राजनीतिक अस्थिरता र जेनजी पुस्ताको सम्भावित प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले संयमताका साथ कदम चाल्नुपर्ने जनाएको छ।

बुधबार जारी विज्ञप्तिमा आयोगले हिंसात्मक गतिविधि र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव र राजनीतिक वातावरणमा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

आयोगले शान्ति–सुरक्षा, विधिको शासन र सामाजिक सद्भाव जोगाउँदै स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ। साथै, सरकारलाई सुरक्षा निकायको मनोबल उच्च राख्दै संयमित निर्णय लिन निर्देशन दिएको छ।