काठमाडौं ।
महोत्तरीको जलेश्वरमा रातो नदीको बाढीले तटबन्ध भत्काउँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार, नदीले विभिन्न स्थानमा १,६१० मिटर तटबन्ध बगाएको हो।
बाढीका कारण जलेश्वरका १,५०० परिवार विस्थापित भएका छन् भने एकडारा, पिपरा, मटिहानी, बलवा लगायत १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्। तटबन्ध भत्किएपछि सदरमुकाम जलमग्न भएको छ।











प्रतिक्रिया