सुनको भाउ तोलामा २६ सयले उकालो, चाँदी ५ रुपैयाँले घट्यो


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ २ लाख ३८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ उच्च विन्दुमा पुगेको छ । सुनको भाउ प्रतिऔंस ४ हजार २५ डलरमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घट्दै २९५५ रुपैयाँमा कायम भएको छ ।