टी-२० विश्वकप छनोट आजदेखि, नेपालको पहिलो खेल कुवेतसँग


काठमाडौं ।

आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आजदेखि सुरु हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल नेपाली समयअनुसार राति ८ : ४५ बजे कुवेतसँग हुनेछ ।

नेपालले समूह चरणको दोस्रो खेल जापानसँग खेल्नेछ । एक खेल जिते सुपर सिक्समा पुग्ने सम्भावना बलियो हुनेछ । प्रतियोगिता अक्टोबर १७ सम्म चल्नेछ । समूह विजेता सुपर सिक्समा पुग्नेछ भने, सुपर सिक्सको शीर्ष तीन टोलीले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउने छन् ।