उदयपुर ।
गत भदौ २३ र २४ गते जेन जी अन्दोलनका क्रममा देशका विभिन्न कारागारहरुबाट फरार भएका कैदीहरु मध्ये एक जनाले मंगलबार रुखमा झुण्डिएर आत्महत्या गरेका छन भने उदयपुर प्रहरीले अन्य नौ जना फरार रहेका बैदीहरुलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार् मंगलबार ज्यान सम्बन्धी मुद्दामा सुनसरीको झुम्कास्थित कारागारमा २० वर्ष कैद सजाय भोगिरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कारागार फोडेर फरार भएका त्रियुगा नगरपालिका वडा नं ८ घरु भएका तुल बहादुर दनुवारको ३५ वर्षका छोरा गम्भीर बहादुर दनुवारले आत्म हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार दनुवार सुनसरीको झुम्का कारागार कार्यालयमा र कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद सजाय भोगिरहेका थिए ।
दनुवार मंगलबार त्रियुगानपा ८राजाबास स्थित घर नजिकैको १०० मिटर पर सिशौको रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सुनसरी जिल्ला अदालतको मिति २०७७-१२-१३ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा निज गम्भीर बहादुर दनुवारलाई जन्म कैद (२० वर्ष) कैद सजाय तोकिएको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोली पुगेर आवश्यक कानुनी प्रक्रिया पश्चात शव आफन्तलाई बुझाइएको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उदयपुर प्रहरीले देशका विभिन्न कारागार कार्याहरबाट जेनजी आन्दोलनका क्रममा फरार भएका अन्य नौजनालाई पक्राउ गरि सम्बन्धित कारागारमा पठाएको छ।
फरार भएर पक्राउ पर्ने कैदीबन्दीहरुमा सुनसरीको धरान घर भएका जवरजस्ती करणी मुद्दामा ९ वर्ष १० महिना ८ दिन सजाय तोकिएका झुम्का कारागारबाट फरार भएका वर्ष ३२ का प्रविण सुन्दास, जजक उद्योगमा सजाय भोगिरहेका सुनसरकिो झुम्का कारागारबाट फरार रहेको उदयपुरको चौदण्डीगढी १ का ३७ वर्षका धन बहादुर राई ्हेका छन् ।
यस्तै जवरजस्ती करणी मुद्दाममा नै केन्द्रीय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भोगिरहेका चौदण्डीगढी नपा ४का वर्ष ६४ का ज्ञान बहादुर सार्की, कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागार सुन्धारा काठमाण्डौमा कैद सजाय भोगिरहेका उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं ५ जाँते घर भएका वर्ष ७२ का सन्त बहादुर राई रहेका छन् ।
यसैगरी जवरजस्ती करणी मुद्दामा नख्खुजेल ललितपुरमा कैद सजाय भोगिरहेका उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ जोगीदह घर भएका वर्ष ३१ को दिले भन्ने दिलिप कार्की , लागु औषध मुद्दामा सुनसरीको झुम्का कारागारमा बन्दी जीवन यापन गरिरहेका उदयपुरको बेलका नगरपालिका वडा नं ९का वर्ष २८ को नरेश बिक, जिल्ला कारागार बैतडीमा सवारी अंगभंग मुद्दामा कैद सजाय भोगिरहेका रौतामाई ८ मुर्कुर्चीका वर्ष २८ को प्रेम बहादुर तामाङ रहेका छन् ।
फरार अवस्थामा पक्राउ परेका अन्य कैदी बन्दीहरुमा डाका चोरी उद्योग मुद्दामा ५ वर्ष ६ महिना कैद र रु.५५ हजार जरिवाना तोकिएका नख्खु कारगार ललितपुरमा कैद सजाय भोगिरहेका उदयपुरको त्रियुगा नपा ६ जलजलेका वर्ष २८ को सञ्जीव अछामी भने सञ्जीव दर्जि र जजक मुद्दामा सुनसरकिो झुम्का कारगारमा कैद सजाय भोगिरहेका उदयपुरको बेलका नपा वडा नं ३ घर भएका वर्ष ४० को योगेन्द्र राईलाई पक्राउ गरी कैद सजाय भोगी रहेको सम्बन्धित कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया