काठमाडौं ।
देशका विभिन्न स्थानमा पानीमा डुबेर चार जनाको मृत्यु भएको छ।
नुवाकोटको लिखु गाउँपालिका-४ मा ६५ वर्षीय पूर्ण बहादुर राई तादी खोलाले बगाएर ज्यान गुमाएका हुन्।
सुनसरीको हरिनगर गाउँपालिका-१ मा ३ वर्षीय फरान साफी घरको आँगनमा जमेको पानीमा डुबेर, धनुषाको जनकपुरधाम-२१ मा ६ वर्षीय यन्स महासेठ पोखरीमा डुबेर, र चितवनको राप्ती नगरपालिका-२ मा ७ वर्षीय आयुष बर्तौला खाल्डोमा डुबेर मृत्यु भएका छन्।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया