काठमाडौं ।
देशका विभिन्न स्थानहरूबाट प्रहरीले सोमबार ६ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।
धनुषाको गणेशमान चारनाथबाट ब्राउनसुगर जस्तो देखिने ३७.९ ग्राम लागूऔषधसहित दुई जना, मोरङको सुन्दरहरैंचाबाट ९२ ट्याब्लेट ट्रामाडोलसहित दुई जना, र झापाको गौरीगञ्जबाट १५.५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरू मोटरसाइकलमा लागूऔषध बोकी आउँदै गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया