काठमाडौं ।
जेनजी अगुवा सुदन गुरुङ नेतृत्वको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी जाहेरी दर्ताको माग गर्दै काठमाडौँ प्रहरीमाथि दबाब दिएको छ। सोमबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुगेको समूहसँगको अनौपचारिक संवादपछि प्रहरीले उपत्यकामा उच्च सतर्कता अपनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे पनि ओली र लेखकविरुद्ध कुनै ठोस निर्णय नभएको बताइएको छ। यसबीच, अख्तियार प्रमुख प्रेम कुमार राईमाथि पनि कारबाहीको माग गर्दै जेनजी समूहले टंगालस्थित अख्तियार घेराउने तयारी गरेपछि त्यहाँ पनि सुरक्षा बढाइएको छ।
प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको छ भने माइतिघरलगायत स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।











प्रतिक्रिया