निर्वाचन तयारीबारे प्रधानमन्त्रीसँग आयोगको छलफल आज


काठमाडौं ।

निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेपछि मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न लागेको हो।

दिउँसो ३ बजे सिंहदरबारमा हुने भेटमा निर्वाचन तयारी, शान्ति सुरक्षा, मतपेटिका, मतपत्र, मतदाता नामावलीलगायतका विषयमा कुराकानी हुने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जनाएका छन्।

प्रधानमन्त्रीसँगको छलफलपछि आयोगले सबै राजनीतिक दलहरूसँग पनि संवाद गर्ने तयारी गरिरहेको छ।