देशका पश्चिमी प्रदेशहरूमा बदली र वर्षाको सम्भावना


काठमाडौं ।

देशको पश्चिमी भूभागहरू विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी क्षेत्रमा कमजोर मनसुनी प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अन्यत्र आंशिकदेखि साधारण बदली रहनेछ।

आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बदली रहँदा केही स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ।