उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ दमौती गाउँ नजिकको अम्बिका खोलामा खेल्ने क्रममा डुबेर एक तीन वर्षिय बालिकाको शनिबार ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ पाकाना सैलेनी घर नजिकै रहेको घर भै त्रियुगा नगरपालिका वडा नं ५ दमौती गाउँ बस्दै आएका उजन राईको ३ वर्षकी छोरी रेविका राईको घर नजिकै रहेको हम्बिका खोलाको पानी बगेको ठाउँमा खेल्नेक्रममा डुबेर ज्यान गएको हो ।
खेल्दाखेल्दै बालिका पानी भएको ठाउँतिर गएको अवस्थामा डुबेको स्थानीयले देखेपछि बालिकाको अभिभावक र प्रहरीलाई खबर गरेपछि बालिकाको उद्धार गरिएको भएपनि उद्धार गर्दा उनको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल त्रियुगा नगरपालिका ५ दमौती गाउँ गएको र आवश्यक कानूनी प्रक्रिया पुरागरी घटनाका बारेमाआवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया