काठमाडौं ।
अमेरिकामा सेप्टेम्बर ३० भित्र बजेट पारित नहुँदा संघीय सरकार सटडाउनमा गएको छ। रिपब्लिकन र डेमोक्र्याटबीच सहमति नजुट्दा झन्डै ८ लाख संघीय कर्मचारीहरू बेतलबी बिदामा परेका छन् भने २० लाख सेनासहित अत्यावश्यक सेवाका कर्मचारीले तलब रोकिएको छ।
राष्ट्रिय निकुञ्ज, संग्रहालयजस्ता कार्यक्रमहरू बन्द हुनेछन्। यद्यपि सामाजिक सुरक्षा, औषधी उपचार र सुरक्षासम्बन्धी सेवा भने यथावत् रहनेछ।
विश्लेषकहरूका अनुसार यस सटडाउनले अमेरिकी अर्थतन्त्रलाई करिब ३० करोड डलर नोक्सान पुर्याउने अनुमान छ। सन् २०१८ मा पनि यस्तै गरी ३५ दिन लामो सटडाउन भएको थियो।











प्रतिक्रिया