गाजामा इजरायली आक्रमण : एकैदिन १२ प्यालेस्टिनीको मृत्यु


काठमाडौं ।

गाजा पट्टीमा बुधबार इजरायलको हवाई र स्थल आक्रमणमा कम्तीमा १२ जना प्यालेस्टिनीको ज्यान गएको छ भने धेरै घाइते भएका छन्।

अल–फलाह स्कूल, नुसिरात शरणार्थी शिविर, ताल अल–हवा, र अल–शती शरणार्थी शिविरमा भएका आक्रमणले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २०२५ मा मात्रै गाजामा २,१०६ जनाको मृत्यु भएको छ।