फिलिपिन्समा नेपाल प्रदर्शनी हुने


काठमाडौं ।

फिलिपिन्सको राजधानी मनिलामा आगामी नोभेम्बर ९ मा नेपाल–फिलिपिन्स कला तथा संस्कृति प्रदर्शनी आयोजना हुने भएको छ । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम मनिला अन्तर्राष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रमअन्तर्गत हुनेछ ।

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टकी अध्यक्ष सत्यकला तामाङ लामाले नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कम्पनीका प्रबन्ध निर्देशक फूर्वा ग्याल्बो मोक्तान (थुप्तेन)का अनुसार कार्यक्रममार्फत विश्व शान्ति, मानवतावाद, सार्वजनिक सेवा, व्यवसाय र अन्तर्राष्ट्रिय कूटनीति जस्ता क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व र संस्थाहरुलाई सम्मान गरिनेछ ।

नेशनल डाइनामिक आटर्स (एनडिए)का अध्यक्ष देवराज गुरुङले पनि कार्यक्रमले नेपाल र फिलिपिन्सबीचको कला र संस्कृति आदानप्रदानलाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । कम्पनीले यसअघि चीन, जापान र युएईलगायतका देशमा पर्यटन प्रवद्र्धन तथा कला–संस्कृति आदानप्रदानसम्बन्धी कार्यक्रम आयोजना गरिसकेको छ ।