काठमाडौं ।
नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले शनिवार बडा दशैं तथा दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
हरेक वर्ष हिन्दूहरुको महान चाड दशैं तिहारको आगमनको अवसर पारेर वि.सं २०१० सालमा स्थापना गरिएको नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले उक्त कार्यक्रम आयोजना गर्दै आएको छ ।
शनिवार गरिएको यसपटकको शुभकामना आदानप्रदान कार्यक्रममा बिभिन्न कालखण्डमा क्लबको नेतृत्व सम्हालेका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, धर्मश्री विजेताहरु, बडी बिल्डिंगका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीहरु, निर्णायकहरु सहित क्लबका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूले एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए ।











प्रतिक्रिया