क्यान्सर, मुटुको रोग, दम, क्षयरोगलगायत विभिन्न प्रकारका रोगका लागि जिम्मेवार वा सहयोगीको भूमिका निभाउने धूमपानले आर्थिक तथा मनोवैज्ञानिक समस्यासमेत निम्त्याउने गर्दछ । विश्वभरिमा यसको कारण प्रत्येक वर्ष करोड मानिसको मृत्यु हुने गर्छ । यदि समाज धूमपानमुक्त बनाउन सकियो भने यसबाट व्यापकरुपमा मृत्युदरमा कमी, जनस्वास्थ्यमा सुधार, उपचार र बचावटका लागि गरिने भीमकाय खर्च र मेहनतमा कटौतीलगायतका लाभहरु शब्दमा वर्णन गर्न सकिँदैन ।
बिफर विश्वबाट उन्मूलन भइसकेको छ भने अब बिदा हुने पालो धूमपानको हो । यस पूर्वसन्ध्यामा विश्वलाई धूमपानमुक्त तुल्याउने विधि बताउनुभन्दा पहिले सुर्ती र चुरोटसम्बन्धी सानो जानकारी प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु ।पहिले–पहिले धूमपानलाई प्रतिष्ठाको रुपममा लिइन्थ्यो । साथै दम तथा अन्य रोगको उपचारको लागि सुर्ती औषधिको रुपमा चपाउनसमेत लगाइन्थ्यो । धूमपानले स्वास्थ्यलाई पु¥याउने हानिकारक असरको विषयमा चाहिँ चिम्नीमा काम गर्ने मजदुरबाट सन् १६०२ मा मात्र एक अज्ञात लेखकले व्यक्त गरेका थिए ।
सन् १७९५ मा जर्मनीका थोमस वोन सामरिङले धूमपान गर्नेहरुलाई ओठको क्यान्सर लागेको बारेमा आफू जागरुक भएको बताएका थिए । तर उन्नाइसौं शताब्दीको अन्त्यतिर प्रतिमिनेट २ सय खिल्ली उत्पादन क्षमताको मेसिन सुधार गरी ९ हजार खिल्ली उत्पादन गरेर विज्ञापनमार्फत चुरोटको बजार फैलाइयो । धूमपान व्यवसायीको दमदार प्रभावका कारण बीसौं शताब्दीको पछिल्लो समयमा मात्र यसको विरोधमा मुद्दा दायर गरिएको हो ।धूमपानमुक्त समाजको परिकल्पनाको लक्ष्य प्राप्तिका लागि हालसम्म विभिन्न प्रयास भए पनि सफलता प्राप्त गर्न सकिएको छैन । त्यसैले यहाँ केही विधि एल्लेख गर्दछु ।
तत्कालीन योजना : यस योजना वर्तमानमा धूमपानको लत बसी नसकेकाहरुलाई कहिल्यै पनि यसको लत बस्न नदिने दिशातिर लक्षित छ । धूमपान गर्नेहरुलाई चुरोटको ब्रान्ड, आवश्यक संख्या र थोक बिक्रेता उल्लेख गरी शुरुमा अत्यन्त सहजताका साथ चुरोट किन्नका लागि पास वितरण गर्ने ।
सो काम सकिएपछि कुनै पनि नयाँ पास जारी नगर्ने । त्यसपछिका दिनहरुमा पासवाहकहरुलाई मात्र किटान गरिएको संख्याभन्दा नबढाई किटान गरिएकै ब्रान्डको चुरोट मात्रै बिक्री वितरण गर्ने । स्वयं प्रस्टै हो कि व्यावहारिकता हेरी चुरोट बिक्री महिना दिन वा हप्तामा एकपटक एकमुष्ट खरिद–बिक्री गर्ने । यसले उत्पादन निर्देशित गर्दछ । चुरोट सेवन नगर्नेलाई चुरोट नदिन पासमा किटान गरिएको संख्या कहिल्यै नबढाइने र नयाँ व्यक्तिका लागि पास नबन्ने कुरा प्रचारप्रसार गर्ने ।
चुरोट सेवन नगर्नेलाई त्यसउप्रान्त चुरोट कहिल्यै पनि उपलब्ध नहुने भए तापनि उनीहरुलाई त्यसको केही सरोकार हुँदैन, उखानमा जस्तै ‘कागलाई बेल पाकेको हर्ष न बिस्मात्! त्यस्तै वेल नपाक्दा पनि हर्ष न बिस्मात् । अतः यस बन्दोबस्तीमा तिनीहरुबाट कुनै आवाज वा असन्तुष्टि व्यक्त हुने कुनै गुन्जायस रहँदैन । यसरी यस विधिको माध्यमद्वारा अत्यन्त सहजताका साथ धूमपानमुक्त नयाँ पिँढीको सिर्जना हुन्छ ।
यस नियम लागू भएको दिनलाई महान् दिनको रुपमा मनाउनुपर्दछ । यसले गर्दा यसको प्रचारप्रसार पनि प्रभावकारी हुन जान्छ । यस महान् दिनलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा गरिने घोषणाले धूमपानमुक्त समाजको निर्माणमा मूल भूमिका निर्वाह गर्दछ ।
अल्पकालीन योजना : यस योजनाको लक्ष्यचाहिँ प्रचलित एकीकृत योजनामा केही थप तथा केहीमा सुधार गरी धूमपान गर्नेहरुलाई निरुत्साहित गर्नु हो । उदाहरणको लागि चुरोटको मात्र थोक बिक्री केन्द्रको स्थापना गर्ने र केही समय अन्तरालमा दुई केन्द्र समाहित (मर्ज) गर्ने ताकि दूरी बढ्न गई उपभोक्तालाई केही झमेला बढोस् । त्यस्तै चुरोटको बट्टामा छापिएको तस्वीर परिवर्तन गरी छालाको क्यान्सरको राख्न लगाउने । किनकि यसले चुरोटप्रति बढी वितृष्णा पैदा गराउँछ । यस्तै उद्देश्यले चुरोटको व्यापारिक नाम पनि परिवर्तन गर्न सकिन्छ ।
दीर्घकालीन योजना : यसको लक्ष्यचाहिँ धूमपानसम्बन्धी कानुन क्रमिकरुपमा कसिलो बनाउँदै एकदिन धूमपान र यसको उत्पादन एवं वितरणसँग सम्बन्धित सम्पूर्ण संयन्त्रलाई गैरकानुनी घोषणा गर्ने हो । यदि अल्पकालीन र दीर्घकालीन योजनाको माध्यमबाट सबै क्षेत्रमा पूर्णरुपमा धूमपानमुक्त तुल्याउने लक्ष्य प्राप्त गर्न सम्भव नभए तापनि तत्कालीन योजना लागू भएपश्चात् अर्थात् उपभोक्ताहरुको आयुको क्रमिकतामुताबिक एकदिन समाज स्वतः धूमपानमुक्त हुन जान्छ । अतः जे भए तापनि ढिलो वा चाँडो धूमपान सम्बद्ध सम्पूर्ण कामधन्दा एकदिन गैरकानुनी घोषणा गर्न सकिन्छ र समाज सदाका लागि धूमपानमुक्त रहन जान्छ । लक्ष्य प्राप्तिपश्चात् यसलाई स्थानीय, राष्ट्रिय र विश्वव्यापी तहमा घोषणा गर्न सकिन्छ ।
अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयनको सिलसिलामा केही कुराहरुमा हेक्का राख्न आवश्यक हुन्छ । चाल नपाई चुरोटप्रति वैमनस्यता र उपभोक्ताको स्वास्थ्यको चिन्तनमा लीन भएर गरिएका कार्यक्रमहरुले गर्दा कहीँ तिनीहरुलाई यातना त भइरहेको छैन ? अथवा उपभोग निरुत्साहित गर्न चुरोटको मूल्य महँगो बनाउँदै लैजाँदा कहीँ कतै त्यसको कारण दूध वा त्यस्तै उपभोग्य वस्तु त विस्थापित भइरहेको छैन ? यस्ता प्रश्नहरुलगायत कार्यान्वयनको सिलसिलामा देखा पर्ने व्यावहारिक असरहरु चनाखो भएर निगरानी गरी समाधान गर्दै रहनुपर्छ ।
तत्कालीन योजना लागू भएपछि त्यसको असरस्वरुप उपभोक्ताको आयुको क्रमिकतामुताबिक भविष्यमा जब गाउँ–शहरहरुमा न्यून वा ज्यादा न्यून उपभोक्ताको संख्या बाँकी रहन्छ, तब उत्पादन र वितरण प्रणालीसित सम्बन्धित सम्पूर्ण कार्यहरुलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने हुन्छ । साथै कम हुँदै गएको उपभोक्ता र सम्बन्धित सम्पूर्ण व्यवसायीलाई पनि संरक्षण र संवद्र्धनलगायत भावनात्मकरुपमा पनि ंविशेष सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसको मध्यनजरमा वर्तमानमा कस्तो नियम कसिलो पार्दै लाने र कस्तोचाहिँ खुकुलो बनाउने बारेमा निर्णय गर्नुपर्दछ ।
उल्लिखित उपायहरु विश्वभर सञ्चार गरिसकेको छु । ती मूल निर्देशक हुन् । केही पश्चिमा राष्ट्रहरुले यसलाई लागू गरिसकेका छन् । मूलमा आधारित भई आधारित सहायक अमुक उपायहरु अमुक राष्ट्र वा सामाजिक प्रचलनअनुसार आफैँ निर्धारण गर्दा अझ बढी प्रभावकारी हुन्छ । जस्तो कि न्यूजिल्यान्डमा अमुक उमेर पार गरेपछि मात्र चुरोट र मदिरा खरिद गर्न पाइने कानुन विद्यमान भएकोले त्यसै मुताबिक अमुक मितिपछि जन्मेका नागरिकलाई चुरोट उपलब्ध नहुने कानुन बनाइएको छ ।
माथि तत्कालीन योजनामा बताइएको उपाय निरपेक्ष उपाय हो ।
अर्थात् यसले आप्mनो मुद्दा पूर्णरुपमा समाप्त पार्छ । अतः यस उपाय सुर्ती, खैनी, जर्दा तथा सम्पूर्ण सुर्तीजन्य पदार्थको उपभोग समाप्त पार्नको लागि पनि प्रयोग गर्न सकिन्छ । तर भविष्यमा घटित हुने सम्भावित अमुक रोगको महामारीको दृष्टिमा मदिरा नियन्त्रणको सवालमा यसको प्रयोगबारे सोच्नुसम्म पनि महाभूल हुनेछ । यसको अतिरिक्त यससँग सान्दर्भिक र महत्वको विषय अर्थात् जनसंख्या नियन्त्रणबारेमा केही उल्लेख गर्नुपर्दा वढ्दो जनसंख्या नियन्त्रण गर्नुपर्ने आवश्यकतामा दुई मत रहँदैन । तर विश्व मानचित्रमा घनिभूत प्रयासका बाबजुद किन लक्ष्यभन्दा ज्यादै कम नतिजा प्राप्त हुन्छ त ? अब एकछिन् यसमा अपुष्टजस्तो लाग्ने विषय जोडौं, जुन समयसँगै एकदिन छर्लंग हुने नै छ ।
लिच्छविकालीन तथा मल्लकालीन दार्शनिकहरुले ढुंगाको मूर्तिमा प्रतिष्ठा गरी भावी पिँढीका लागि छोडेका सन्देशहरुलाई आजको विज्ञान र प्रविधिले दिएका चम्किला उपहारहरुमा मात्र भुलेर छायामा पार्ने हो भने भोलिका दिनमा आइपर्ने अवश्यम्भावी परिणामदेखि भाग्ने कुनै बाटो बाँकी रहँदैन । उदाहरणका लागि बसाइँ सराइका कारण बाँझा खेत र जीर्ण घरका दृश्यमा ठिंग उभिएको सुनसान गाउँ उदेक लाग्दो त हुन्छ नै, साथै मानिसको अभावका कारण जब सांस्कृतिक पर्व–उत्सवहरु मनाउन बन्द हुन्छ तब संस्कृति लोप हुने चिन्ताले अझ बढी सताउँछ ।
धेरै बढ्दो जनसंख्याले चिन्ता जगाइदिनु स्वाभाविक नै हो तर घट्दो जनसंख्याले त चिन्तनशील मानिसलाई पागल नै बनाइदिन्छ । यसै सिलसिलामा साहित्यकार इन्द्रबहादुर राईको एक महावाणीतुल्य अभिव्यक्ति यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ– प्रकृतिले प्रशस्त देखाउँछ तर केही पनि सिकाउँदैन । सिक्ने अभिभारा मानिसलाई दिइएको छ । जोड्न खोजिएको सिलसिला यो हो कि समयको एक खास खण्डमा भारत गरिबी र बढ्दो जनसंख्याका कारण चिन्ताग्रस्त थियो । केही समय पहिलेसम्म पनि ऊ विश्वको अति कम विकसित १० राष्ट्रमध्येको गन्तीमा थियो ।
छोटो अवधिभित्रै भारत आज विश्वकै अधिक जनसंख्यासहित विश्वको सवैभन्दा धनी २० राष्ट्रमध्येको गन्तीमा हुँदै अब तेस्रो ठूलो अर्थतन्त्र बन्ने बन्दोबस्तीमा छ । त्यस्तै विगतमा ऊभन्दा धेरै फरक नरहेको चीन दोस्रो ठूलो जनसंख्यासहित राष्ट्रको हिसाबले आज विश्वकै सर्वाधिक सम्पन्न राष्ट्रमध्येको हो । भारत, चीन र अमेरिका, यी विश्वका तीन सबैभन्दा बढी जनसंख्या भएका राष्ट्रहरु नै सबैभन्दा बढी सम्पन्न छन् । जनसंख्या र समृद्घिको सम्बन्ध देखाएर प्रकृतिले आफ्नो रहस्य देखाइदिएको छ, जसलाई बुझ्ने र सिक्ने अभिभारा÷अवसर हामी मानिसकै हो ।
जनसंख्या सूचक रेखा चिन्ताजनकरुपमा ओरालो लागेका राष्ट्रहरुमा धूमपानमुक्त तुल्याउने उपायहरु बढी उपयुक्त हुन्छ जस्तो लाग्छ । यो सही पनि हो । तर अन्य राष्ट्रहरुमा पनि यसको महत्व कम आँकलन गर्न सकिँदैन । नैतिक दृष्टान्तको पहाड त छ नै अटल ।
नेपालमा सुशासन रहेको भए आफैँ विकसित भइसक्ने थियो । अब त्यसको आशाका साथ नयाँ दुई स्तम्भमध्ये धूमपान उन्मूलनसित सम्बन्धित रोयल्टी रकम विश्वभरिको रिभेन्यु १ दशमलव २ ट्रिलियन अमेरिकी डलरको आधारमा सालाखाला १ नीलभन्दा बढी हुन आउँछ, करोडमा भन्दा करिब १४ लाख करोड प्रतिवर्ष हुन आउँछ ।
अब दोस्रो स्तम्भतिर लागौं, यातायात व्यवस्थापकीय आविस्कार । एक स्थानबाट सामान ढुवानी गरी अर्कोमा लग्दा मानौं, काठमाडौंबाट कोलकात्ता लगेको सवारी सामान्यतया खाली फिर्ता आउने गर्छ भने कोलकात्ताबाट अर्को सवारीसाधन सामान बोकेर काठमाडौं पु¥याई त्यहाँबाट खाली फर्कने गर्छ । यी दुईथरीको सामञ्जस्यमा एउटै सवारीबाट दुईवटै काम गरी खर्च, इन्धन, समय, प्रदूषण, ट्राफिक जामलगायतका किफायती प्राप्त गर्न सकिन्छ । यसका लागि एक एप मात्र निर्माण गनुपर्ने हन्छ । यसरी यी दई स्भम्भ नेपाल राष्ट्र विकसित बनाउत महत्वपूर्ण आधारहरुमध्येका हुनेछन् ।











प्रतिक्रिया