बुटवल।
बुटवल ब्याडमिन्टन क्लबले विजया दशमी, शुभ दीपावली, नेपाल संवत ११४५ तथा छठ पर्वको पावन अवसरमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। क्लबको आयोजनामा भएको उक्त कार्यक्रममा क्लबका सदस्यहरूबीच पारस्परिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक तथा क्लब का तृतीय उपाध्यक्ष भानु केसीले बताए ।
प्रतियोगितामा क्लबका विभिन्न तहगत समूहका खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रमको उद्घाटन क्लबका संस्थापक अध्यक्ष श्याम बहादुर पुनले गर्दै क्लबले स्थापना देखि नै आन्तरिक जिल्ला प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दै आफ्नो विरासत कायम गर्न सफल भएको बताए ।
प्रतियोगिता तिन समूहमा विभाजन गरी सञ्चाल गरिएको थियो जसमा ए लेभल तर्फ शम्भु भट्टराई र मोहन घिमिरेको जोडिले पंकज ज्ञवाली र अमर शाहलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएका छन् भने पंकज ज्ञवाली र अमर विक्रम शाहा दोस्रो स्थानमा चित्त बुझाए ।

यस्तै अशोक प्रधान, मदन कार्की, गोपाल टण्डन र जितु राना तृतीय भएका छन् ।
यसैगरी बि लेभल तर्फ घनु नेपाल र ऋषि भण्डारीको जोडी प्रथम र पीताम्बर ज्ञवाली र बाबुराम पाठक दोस्रो हुन सफल भएका छन् । टीकाराम पन्थी र जिवन अधिकारीको जोडी र नलराज नेपाल र युवराज काउचा को जोडिले तेस्रो स्थान प्राप्त गर्नु भएको छ । सि लेभल तर्फ कृष्ण टण्डन र दिवाकर ज्ञवाली प्रथम र रमेश थापा र काशि श्रेष्ठको जोडी दोस्रो भएको कार्यक्रम संयोजक भानु केसि बताउँछन् ।
कार्यक्रममा सबै सहभागी, आयोजक टिम तथा प्रायोजकप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ व्यापक कार्यक्रमहरू आयोजना गरिने बताउँदै कार्यक्रमले पर्वको रमाइलो माहोललाई खेलकुदसँग जोड्दै, स्वास्थ्य र सौहार्दता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको मा विजया दशमी शुभ दीपावली नेपाल सवंत र छठ पर्वको शुभकामना क्लब का अध्यक्ष नलराज नेपाल व्यक्त गरे ।
प्रतियोगितामा गोला प्रथाबाट जोडी निर्धारण गरी प्रतियोगितामा प्रथम भएकोमा खेलाडीको तर्फबाट सबैलाई शुभकामना व्यक्त गर्दै खेलले अनुशासन र स्वस्थ जीवन यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतियोगिताको ए लेभल तर्फका प्रथम हुने शम्भु भट्टराई बताउँछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा आकर्षक पुरस्कारहरू प्रदान गरिएको थियो ।











प्रतिक्रिया