काठमाडौँ।
लेहमा बुधबार भएको हिंसात्मक प्रदर्शनपछि शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनाम वाङचुकलाई उनका गाउँ उलेटोकपोबाट पक्राउ गरिएको छ। लेह एपेक्स बडीका वकिल हाजी मुस्तफाले बीबीसीलाई यो खबर पुष्टि गरेका छन्।
सोनाम इन्जिनियर, नवप्रवर्तक, शैक्षिक तथा वातावरणीय कार्यकर्ता हुन्। उनी विगत एक वर्षदेखि लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्ने र पूर्ण राज्यको दर्जा दिने माग गर्दै भोक हडताल र दिल्लीसम्म मार्च गर्दै आएका थिए।
गत वर्षको मार्चमा उनले २१ दिने भोक हडताल गरेका थिए भने अक्टोबर २०२४ मा लद्दाखबाट दिल्लीसम्मको मार्चको नेतृत्व पनि गरेका थिए। यद्यपि, दिल्ली प्रहरीले उनलाई सिंहु सीमामा पक्राउ गरेको थियो।
सेप्टेम्बर २४मा प्रदर्शनको क्रममा चार जनाको मृत्यु र करिब ५० जना घाइते भएका थिए। सामाजिक सञ्जालमा उनको गतिविधिलाई लिएर आलोचना र विवाद उत्पन्न भएको छ। कतिपयले उनलाई देशभक्तमाथि प्रश्न उठाएको र कतिपयले “चिनियाँ एजेन्ट” भनेका छन्।











प्रतिक्रिया