अल्भारेजको ह्याट्रिकमा एट्लेटिको मेड्रिडको जित


लन्डन, (एजेन्सी)

स्पेनिस क्लब एट्लेटिको मेड्रिडले २०२५–२६ सिजनको खराब सुरुआतलाई पन्छाउँदै ला लिगामा दोस्रो जित निकाल्न सफल भएको छ ।
बुधवार राति भएको छैटौं खेलमा एट्लेटिकोले घरेलु मैदानमा पाहुना टोली रायो भालेकानोमाथि ३–२ गोलअन्तरको रोमाञ्चक जित दर्ता ग¥यो । खेलका नायक बनेका अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजले ह्याट्रिक गोल गर्दै टिमलाई जित दिलाए । उनले खेलको १५औं, ८०औं र ८८औं मिनेटमा गोल गर्दै व्यक्तिगत प्रदर्शनसँगै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । एट्लेटिकोले यस सिजनको पहिलो खेलमा हार बेहोरेको थियो । त्यसपछि लगातार दुई बराबरी खेलेको टिमले चौथो खेलमा पहिलो जित निकालेको थियो भने पाँचौं खेल पुनः बराबरीमा सकिएको थियो ।

छैटौं खेलमा आएको यो जितले एट्लेटिकोको ९ अंक पुगेको छ । दोस्रो पक्ष रायो भालेकानोका लागि पेप चाभारियाले पहिलो हाफको इन्जुरी समयमा गोल गरे भने अल्भारो गार्सियाले ७७औं मिनेटमा गोल गर्दै खेल २–२ को स्थितिमा ल्याएका थिए ।

तर, अल्भारेजले त्यसपछि तेस्रो गोल गर्दै खेल एट्लेटिकोको पक्षमा फर्काइदिए । खेलभरि एट्लेटिकोले ६१% बल नियन्त्रणमा राख्दै २० सट प्रहार ग¥यो, जसमा ८ सट पोस्टतर्फ थिए । भालेकानोको भने केवल ५ अंक मात्र छ ।