त्रियुगा नपाका शिक्षकहरुको अन्यायपूर्ण सरुवा, दशैमा तलब खान पाएनन्

5.73k
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिकाले गत चैत्रमा नगर कार्यपालिकाको बैठकले अन्यायपूण रुपमा सरवा गरेको शिक्षकहरु चाडपर्वका समयमा पाउने तलव दशै खर्च तथा अन्य सेवा सुविधा रोक्का गरेपछि पीडित शिक्षकहरुले एक अपिल निकालेर नगरपालिकाको विभेदपूर्ण कामको विरोध गरेका छन् ।

त्रियुगा नगरपालिकाको मिति २०८१। १२। २९ गतेको निर्णय नं ७७२ बाट सरुवा भएका शिक्षकहरले आफूहरुलाई अपायक परेकोले सरुवा थमौती गरिदिन नगरप्रमुखसंथ अनुरोध गरेका भए पनि सुनुवाई नभएपछि बाध्य भएर उच्च अदालत बिराटनगरमा मुद्दा दर्ता गराएको र अदालतले सरुवा निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनि २०८२।१।१५ मा दिएको अल्पकालिन आदेश कायम रहेको र सो आदेशमा सरुवा भएका शिक्षक कर्मचारीहरुलाई पाकेको तलब नदिनु भन्ने उल्लेख नभएको अवस्थामा नगरपालकाले चाडपर्वका समयमा तलब सेवा सुविधा रोकेर पीडित शिक्षकहरुमाथि अन्याय गरेको पीडित शिक्षक तथा राम जानकी मावि मोतिगडा त्रियुगा नपा ३ का प्रधानाध्यापक तथा स्थापित साहित्यकार पुण्य कार्किले बताए ।

बालमन्दिर मावि बोक्से त्रियुगा नपा १० का प्रधानाध्यापक जंग बहादुर खड्काले पनि हालसम्म साउनदेखि असोज महिना र दशै खर्च खातामा हाल्नु पर्नेमा नहालेको र मुद्दाका कारण नै शिक्षक कर्मचारीहरुको तलब भत्ता रोक्नु न्ययोचित नभएको बताए ।

तलब भत्ता नपाएका पीडित शिक्षकहरुले बिहिबार एक अपिल निकालेर नगर पालिकाको गैर न्यायिक कार्याको बिरोध गरेको छन भने यथासिघ्र तलब भत्ता उपलब्ध गराउन माग गरेका छन् ।

मुद्दामा संलग्न पीडित शिक्षकहरूको सादर अपिल

विगत केहीदिनदेखि सामाजिक सञ्जालमा त्रियुगा नगरपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरु जो नगरपालिकाद्वारा गरिएको अन्यायपूर्ण सरुवाको विरुद्धमा मुद्दामामिलामा संलग्न छन्, तिनै शिक्षकको कारणले आम छ सय जना शिक्षक–कर्मचारीको तलबभत्ता र दशैँखर्चको रकम रोकिएको खबर नगरपालिकाको मूल नेतृत्व र केही शिक्षक साथीहरूबाट लगातार सम्प्रेषित भैरहेको सन्दर्भमा हामी मुद्दामा संलग्न पीडित शिक्षकहरुको गम्भीर ध्यानाकर्षण भएकोछ । यस विषयमा थुप्रै शिक्षक साथीहरू र आम जनसमुदायमा एक किसिमको भ्रम र अन्यौल सिर्जना भएकोछ, अनेकन् किसिमका जिज्ञासा र प्रश्नहरुपनि उठेका छन् । यसलाई स्पष्ट पार्न तपसिल बमोजिमको अपिल गर्न चाहन्छौं–

१ पहिलो कुरा, त्रियुगा नगरपालिकाले मिति २०८१–१२–२९ मा निर्णय नम्बर ७७२ बाट जति शिक्षकको सरुवा ग¥यो, त्यसमा हामी केही विद्यालयका पीडित शिक्षकहरुले हामीमाथि अन्याय भयो, दरबन्दी मिलानको मापदण्ड र नीति नियम विपरित हामीलाई प्रताडित गर्ने किसिमबाट अपायक र अमानवीय ढंगबाट सरुवा गरियो, यस विषयमा पुनर्विचार गरियोस् भनी नगरपालिकासित पटकपटक विद्यालयका सरोकारवाला निकाय र शिक्षकहरुले याचना–अनुरोध गर्दापनि हाम्रो आवाजलाई कतैबाट सुनुवाई नभएपछि उच्च अदालत विराटनगरमा न्यायको लागि रिट दायर गरिएको हो र अदालते स्पष्ट भाषामा “ दरबन्दी मिलानको प्रकृतिलाई हेर्दा सरुवा सरहको निर्णय गरे भएको भन्ने देखिन आएको साथै विपक्षी निकायबाट भएको उक्त निर्णयमा कुन विद्यालयमा के कति दरबन्दी घटाउनुपर्ने, के कति दरबन्दी बढाउनुपर्ने हो, के कति विषयगत शिक्षकको दरबन्दी थपघट गर्नुपर्ने वा दरबन्दी मिलान गर्नुपर्ने हो भन्ने सम्बन्धमा एकिन गरी दरबन्दी मिलान गरेको भन्ने समेत देखिन नआएको यस स्थितिमा सुविधा सन्तुलनको दृष्टिकोणबाट र निवेदकहरुलाई पुग्न जाने अपुरणीय क्षति समेतलाई विचार गर्दा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि विपक्षीहरुबाट भएको मिति २०८१–१२–२९ को बैठकको दरबन्दी मिलान सम्बन्धी निर्णय नं। ७७२ कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनी यस अदालतबाट मिति २०८२–१–१५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएकोछ ।”

२.दोस्रो कुरा, अहिलेसम्म सम्मानित उच्च अदालत बिराटनगरबाट भए गरिएका आदेश÷तारेख आदेशमा कुनैपनि शिक्षक कर्मचारी जो सरुवामा परेका हुन् या नपरेका हुन्, मुद्धामा सामेल भएका हुन् या नभएका हुन् कसैलाई पनि पाकेको तलब रोक्नु या नखुवाउनु भन्नेकुराको आदेश भएको छैन । तर कतिपय व्यक्तिले मूल कुरालाई विषयान्तर गरी अदालतको आदेशले तलब रोकेको भाष्य सिर्जना गर्न खोजिँदै छ, जुन सर्वथा गलत छ । कुनैपनि तथ्य प्रमाणले यो कुरा पुष्टि गर्दैन । यस किसिमको दुष्प्रचार र भ्रमबाट मुक्त रहन सबैलाई अपिल गर्दछौँ ।

३ तेस्रो कुरा, अदालतमा अवहेलना मुद्दा किन प¥यो ? भन्ने कुराको पृष्ठभूमि बुझ्न जरुरी छ । जब सम्मानित अदालतले नगरपालिका को निर्णय नम्बर ७७२ कार्यान्वयन नगरी यथास्थितिमा राख्न निषेधाज्ञा उत्प्रेषणयुक्त परमादेश जारी गरेपछि हामी अन्यायपूर्ण ढंगले सरुवा गरिएका शिक्षक–कर्मचारी तत्काल यथास्थानमा थमौती भई कार्यरत रही बैशाखदेखि असारसम्मको तलबभत्ता प्राप्त गरेको कुरा सर्वविदित छ । यसमा सुविधा सहुलियतको हिसाबले पायक र असल स्थानमा सरुवा भएका शिक्षक साथीहरुको तत् तत् स्थानमै तलब निकाशा भएको कुरापनि सर्वविदितै छ । रह्यो कुरा बालमन्दिर मा।वि। बोक्सेमा विधिवत हाजिर नभएका र माग–फाराम पेसै नभएका केही शिक्षकको तलबभत्ता निकाशा गरी, अदालतको आदेश उलङ्घन गराउने हिसाबले अघि बढेपछि स्थितिलाई थप प्रतिकूल पारियो जब कि समस्या भएका शिक्षकहरुलाई तलब निकाशा गर्ने सहज विकल्पहरु थिए, जसको प्रयोग गर्दा नगर शिक्षा शाखा अदालतको आदेश विपरित गैराख्नु जरुरी नै थिएन । मुद्धामा बादी रहेको पक्षलाई यसरी नियोजित तबरबाट कमजोर पार्न, झुकाउन, चुकाउन अनेकन् साजिस रचेपछि, अनेकौँ हतकण्डाको रियलसन गरेपछि प्रतिबादी पक्ष पीडितलाई थप पींडा परेशानीमा पार्न उद्दत रह्यो । त्यसबाट बँच्न थप कानुनी उपचारकै हेतुले अवहेलनाको मुद्दामा जानु परेको कुरा स्पष्ट पार्न चाहन्छौं । मुद्धा मामिला हाम्रोलागि रहरको विषय कदापि होइन, बाध्यता र अन्तिम विकल्पको विषय बन्यो ।

४. चौथो कुरा, सम्मानित उच्च अदालतमा मुद्दा कायम रहेको अवस्थामा हामी पीडित शिक्षकको कारण देखाएर संघीय सरकारबाट प्राप्त शिक्षकको तलब भत्ता रोक्नु, रोक्ने निर्णय गर्नु भनेको अन्यायपूर्ण मात्र होइन, मुर्खतापूर्ण निर्णय हो । यो कदम अमानवीय र विवेकहीन पनिछ । हामीले शिक्षक महासंघको पहलकदमीमा गएको बैठकमा पनि स्पष्ट आफ्नो अभिमत राखिसकेका छौँ– कि दुराशययुक्त सोचले अघि नै बढ्ने हो भने पनि बरु मुद्दामा सामेल शिक्षकको तलब रोक, हामी अन्तिम फैसलासम्म कुर्ने छौँ तर हामीलाई अपजस भिराएर यस हाम्रो निहुँ पारेर बाँकी निर्दोष शिक्षकको तलब रोक्नु थप कानुन विपरितको कार्य हुन जान्छ ।

५। पाँचौ कुरा, पछिल्लो समय केही शिक्षक साथी गैरजिम्मेवार ढंगले हामी नगर–पीडित शिक्षकहरुको विरुद्धमा अनर्गल प्रचारमा उत्रिने, वास्तविक कुरा एकातिर छ, त्यसको सारतत्व नबुझी हावादारी बहकाउमा लाग्ने, तथानाम बोल्ने लेख्ने परिपाटि देखिएको छ । हामी शिक्षकहरुको वीचमा कटुता सिर्जना गरी द्वन्द्व बढाउने खेलपनि चलिरहेको आभास हुन्छ । हामी त हिजोपनि पीडामा थियौँ, आजपनि पीडामै छौँ । हामी पीडितको आवाज कतैबाट सुनुवाई नभएपछि, कतैबाट न्यायिक उपचार नपाएपछि अन्तिम विकल्पको रुपमा हामी न्यायालयको ढोका ढकढक्याउन पुगेका हौँ । न्यायालयबाट जे फैसला आउँछ, त्यो हामीलाई शीरोधार्य छ । हामीप्रति द्वैष, दुर्भावना र दुस्मनी भाव राख्न केही स्वार्थी तत्वले उकासिरहेको कुरा नभुलौँ । आज हामीलाई खाने बाघले भोलि तपाईलाई पनि कोर्तन चिथोर्न सक्छ, यस कुराको हेक्का राख्नु विवेकशील गुुरुहरुको दायित्व हो ।

६ .अन्तिममा, अहिले देशै विषम परिस्थितिबाट गुज्रिरहको छ । हामी बडो सावधानी र धैर्यतापूर्वक स्थितिलाई मनन गरिरहेका छौँ । हाम्रो धैर्यता र मौनतालाई कतैबाटपनि नजरअन्दाज गर्ने र कमजोरीको रुपमा नलियोस् । जेनजी विद्रोहबाट सत्ता शक्तिको पुरानो मानक ढलेको सङ्गीन समयमा छौँ । कुनैपनि प्रकारका अहङ्कार र अतिवादलाई समयको चाबुकले निस्तेज पार्दछ । सबैलाई आवेग र आक्रोशबाट होइन विवेकबाट अघि बढ्न विनित निवेदन गर्दछौँ।
सम्पूर्ण पीडित शिक्षक(कर्मचारीहरु