जेन-जी आन्दोलनको आगो भारतमा सल्किदै, लद्दाखमा हिंसात्मक प्रदर्शन, ४ को मृत्यु


काठमाडौं ।

भारतमा जेन-जी आन्दोलन तीव्र बन्दै गएको छ। लद्दाखमा जारी प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा ४ जनाको ज्यान गएको छ भने करिब सय जना घाइते भएका छन्।

क्षेत्रभरि कर्फ्यु जारी गरिएको छ। प्रदर्शनकारीहरूले सत्तारूढ दल भारतीय जनता पार्टी (बीजेपी) को कार्यालय र प्रहरी भ्यानमा आगजनी गरेका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। आन्दोलन थप फैलिने सम्भावना रहेको भन्दै प्रशासन उच्च सतर्कतामा छ।