काठमाडौं ।
अमेरिकी क्रिकेट बोर्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निलम्बनमा परेको छ । विधानअनुसारका काम पूरा नगरेकोमा आईसीसीले अमेरिकी क्रिकेट टोलीको सदस्यता खारेज गरेको हो । संघले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा पारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन चासो नदेखाएको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आईसीसीको रहेको छ ।
क्रिकेट बोर्ड निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोलीले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । तर टोलीका व्यवस्थापन भने आईसीसीको अन्तर्गतमा हुनेछ । आइसीसीले ‘नर्मलाइजेसन कमिटी’ गठन गरी अमेरिकी क्रिकेटलाई आवश्यक सुधारका कदम चाल्न निर्देशन दिने र प्रगतिलाई अनुगमन गर्ने जनाएको छ ।यसअघि २०२४ को वार्षिक साधारण सभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो तर निर्देशन अनुसारका सुधार नगरेकाले अहिले सदस्यबाट हटाइएको हो ।
नेपाल पनि निलम्बनमा थियो
नेपाली क्रिकेट पनि आईसीसीको निलम्बनमा एक पटक परेको थियो । सन् २०१६ देखि २०१९ सम्म नेपाल क्रिकेट संघ (क्यान) लाई पनि निलम्बन गरेको थियो । त्यतीबेला क्यान निलम्बनमा परे पनि नेपाली टोलीले भने प्रतियोगिताहरू खेल्न कुनै बन्देज थिएन ।











प्रतिक्रिया