भारतको लद्दाखमा विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४ जनाको मृत्यु


एजेन्सी ।

लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित लेहमा बुधबार भएको प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा ४ जनाको मृत्यु भएको छ । साेही झडपमा परी ७० जना भन्दाबढी घाइते भएका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडपको स्थिति बनेको हो।

भाजपा कार्यालय र सीआरपीएफको गाडीमा समेत आगजनी गरिएको छ। यसैबीच प्रशासनले लेहमा कुनै पनि र्‍याली वा प्रदर्शन गर्न रोक लगाएको जनाएकाे छ।

विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङ्चुकको समर्थनमा आन्दोलनमा उत्रिएका हुन्। वाङ्चुक १५ दिनदेखि आमरण अनशनमा बसेका थिए। माग पूरा नभएको विरोधमा प्रदर्शनकारीहरूले बन्दको आह्वान गरेका थिए। साेही क्रममा हिंसा शुरु भएको हो।