काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी–मरिण र भेरी–बबई बहुउद्देश्यीय आयोजनाका ठेक्का यथास्थितिमा राख्न नसकिने बताउनुभएको छ ।
मन्त्रालयमा मंगलबार भएको छलफलपछि मन्त्री घिसिङले अस्वाभाविक ढिलाइले परियोजनाबाट अपेक्षित प्रतिफल गुमिरहेको भन्दै ठेक्का तोडी नयाँ सिराबाट अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँका अनुसार दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध र विद्युत गृहजस्ता संरचना बन्न नसक्दा काम अलपत्र परेको छ । तराई–मधेसमा सिँचाइको तीव्र आवश्यकता रहेकाले म्याद थप्नुको औचित्य नरहेको उनले स्पष्ट पार्नुभयो ।
साथै भेरी–बबई आयोजनाको सुरुङ २०७७ भदौमा सकिएको र बाँकी कामको भौतिक प्रगति ५७ प्रतिशतमा पुगेको छ भने, सुनकोशी–मरिण आयोजनाको प्रगति मात्र १० प्रतिशत रहेको छ ।
ठेक्का अवधि करिब ६० प्रतिशत सकिँदासमेत काममा उत्साहजनक प्रगति नभएकाले अब ठेक्का तोडेर अघि बढ्ने मन्त्रीको भनाइ छ ।











प्रतिक्रिया