काठमाडौँ ।
दुई दिनको उच्च वृद्धिपछि सेयर बजारले नकारात्मक सर्किटको क्षति पूरा गरेको छ । साताको दोस्रो कारोबार दिन अर्थात् मङ्गलबार बजार परिसूचक नेप्से ५८.६३ अङ्क बढेर २६८२.२५ विन्दुमा पुगेको छ ।आइतबार सेयर बजारमा १११.७० अङ्कको वृद्धि भएको थियो । जबकि गत बिहीबार बजारमा नकारात्मक सर्किट लागेर परिसूचक १६०.३३ अङ्कले घटेको थियो ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।यस दिन ८ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको हो । यस दिन सबैभन्दा धेरै घटेको प्रभु स्मार्ट फण्ड ४.३० प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै यूनिभर्सल पावर कम्पनीको करिब साढे १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम १८ करोड नाघेको छ ।
यस दिन सबै समूहको सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको देखिएको छ ।











प्रतिक्रिया