नयाँ दिल्ली, (एजेन्सी)
क्रिकेट जगतमा भारत र पाकिस्तानबीचको खेललाई ती देशका समर्थकहरूले एक लडाईंको रूपमा हेरिने गरिरहेको छ । खेल भनेको स्वच्छ हुनु पर्ने र यसमा कुनै रिस, राग, बदला हुनु हुन्न । तर, यी दुई राष्ट्रका क्रिकेटर होस् या समर्थक होस् क्रिकेट खेलमा राजनीतिक हावी हुन दिन्छन् । यसको ज्वलन्त उदाहरण दुबईमा जारी एसिया कपलाई लिन सकिन्छ ।
प्रतियोगितामा भारत र पाकिस्तानबीच दुई पटक खेल भइसकेको छ । दुबै पटक भारतले जित हासिल गरेको छ । पहिलो समूह चरणमा र दोस्रो सुपर फोरमा भारतले पाकिस्तानलाई हराएको हो । तर, ती दुबै खेलमा भारतीय खेलाडी र पाकिस्तानी खेलाडीले एक अर्कासँग हात मिलाएनन् ।
भारत र पाकिस्तानबीच यसै वर्ष युद्ध भएको छ । यो युद्ध चार दिनसम्म भयो र सिजफायर पनि भयो । यस युद्धपछि यी दुबै टोलीले पहिलो पटक क्रिकेटमा आमना सामना गरेका हुन् । पहिले पनि युद्ध भएको थियो र यो अप्रिलको युद्धले यी दुबै राष्ट्रमा मनमुटाव झनै बढाएको छ ।
आइतबार भएको खेलमा पनि भारतीय ओपनर अभिषेक शर्मा र शुभमन गिल पाकिस्तानी बलरहरूसँग शब्दको युद्ध भएको थियो । दुबै तर्फबाट भनाभन भएको थियो । यसअघिको समूह चरणको खेलमा पनि भारतीय कप्तान सूर्यकुमार यादवले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्विकार गरेका थिए ।
पाकिस्तानबाट चुनौती छैन
सूर्यकुमार यादवले हालको नतिजाले भारतलाई पाकिस्तानबाट कुनै चुनौती नभएको प्रतिक्रिया दिएका छन् । यस विषयमा भारतीय कप्तान यादवले बताए–के को प्रतिद्वन्द्वीता । यदि दुई टोली १४–१५ खेलिन्छ भने वा ७–७ बराबरी जित हुन्छ भने प्रतिद्वन्द्वीता भन्न सकिन्छ । तर, एक टोलीले १०–१२ खेल जित्छ भने दोस्रोले एक वा दुई खेल जित्छ भने यसलाई कडा चुनौती भन्न सकिँदैन ।
भारत र पाकिस्तानबीच अहिलेसम्म टी २० अन्तर्राष्ट्रियमा १५ पटक खेल भएको छ । जसमा, भारतले १२ पटक जित्दा पाकिस्ताननले केवल ३ खेलमा जित हासिल गरेको छ । दुबईमा जारी एसिया कप टी २० मा पनि भारतले दुबै खेलमा जित हासिल गरेको छ । यी टोलीबीच फाइनल पनि हुने संभावना रहेको छ ।
लगातार सात खेलमा हार
पछिल्लो टी २० खेलमा भारतसँग पाकिस्तान लगातार सात खेलमा पराजित भएको छ । पछिल्लो पटक भारतलाई पाकिस्तानले २०२२ टी २० एसिया कपमा हराएको थियो । यसपछि भारतले चार टी २० र तीन वानडेमा पाकिस्तानलाई हराएको छ । एक खेलकोे नतिजा आएन ।











प्रतिक्रिया