काठमाडौँ।
अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथको समय एक घण्टा पर सरेको छ । यसअघि दिउँसो २ बजेका लागि तय भएको शपथ कार्यक्रम ३ बजेका लागि सारिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेका थिइन् ।
तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएका मिश्राको नागरिकतामा विवाद र भ्रष्टाचार सम्बन्धी मुद्दामा मुछिएको भन्दै विरोध भएपछि अन्तिम समयमा आएर उनको नाम सूचीबाट हटाइएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।











प्रतिक्रिया