खोलाले बगाउँदा एक जनाको ज्यान गयो

940
Shares

उदयपुर  । 

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ६ धपर गाउँका एक व्यक्ति आइतबार नेपालटार बजारबाट घर फर्कने क्रममा  वैद्यनाथ खोलामा आएको बाढीमा पसेकोमा बाढीले बगाउँदा ती व्यक्तिको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आइतबार साँझ ५ बजे उदयपुरगढी गाउँपालिका ६ धपर गाउँका ४० वर्षीय तोप बहादुर सार्की नेपालटार बजारबाट सामान किनमेल गरेर घर फर्कने क्रममा बाटोमा पर्ने वैद्यनाथ खोला तर्नेक्रममा चिप्लिएका थिए । उनी चिप्लिएपछि बाढीले उनलाई ५ सय मिटर बगाएको थियो ।  स्थानीयले बाढीले मानिस बगाएको देखेपछि खोज्दै जाँदा उनी मृत अवस्थामा भेटिएका थिए ।

उक्त घटना सम्बन्धमा स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराउनसाथ प्रहरी टोली खटिई गई आवश्यक कानुनी प्रक्रिया पूरा गरी लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याई राखिएको छ, साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।