काठमाडौं।
नेपाल समाचारपत्रका पूर्व पत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्चको समन्वय शाखा, पाल्पाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको निधन भएको छ ।
पाल्पाबाट खेल पत्रकारिता सुरू गरेर पछिल्लो समय भैरहवामा सक्रिय शर्माको शनिवार भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ५३ वर्षे शर्मा केही वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए ।
तीन दशक खेलकुद पत्रकारितामा सक्रिय शर्माले एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग) लगायतको अन्तर्राष्ट्रिय खेल तथा देशको अधिकांश राष्ट्रिय समाचारहरू संकलन गरेका थिए । शर्माको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आइतवार बिहान पाल्पाको रामदीमा अन्तिम संस्कार गरिएको हो ।











प्रतिक्रिया