काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसा उपलब्ध भएपछि सोमबार त्यसतर्फ जाने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली आज त्यसतर्फ प्रस्थान गर्नेछ । वेस्ट इन्डिजविरुद्ध ३ खेलको टी २० सिरिज खेल्न नेपाली टोली गत शुक्रबार नै यूएई जाने तयारीमा थियो । तर, यूएईबाट भिसा उपलब्ध नगराएपछि नेपाली टोलीको यात्रा रोकिएको थियो । त्यस दिन जान सकिएन ।
नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई भिजिट भिसा दिनमा कडाइ गरेको छ । क्यानले युएई सरकार र युएईको इमिरेट्स क्रिकेट बोर्डसँग भिसाको लागि समन्वय गरिरहेको जनाएको थियो ।
नेपाल र वेस्ट इण्डिजबीचको सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ । क्यानले यसलाई युनिटी कप अन्तराष्ट्रिय टी २० सिरिज नाम दिएको छ ।
नेपालले टेष्ट मान्यता राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो । यसैले पनि यो सिरिज नेपाली क्रिकेटको लागि ऐतिहासिक हो । यो सिरिज खेलेर नेपाली टोली टी २० विश्व कप छनोट खेल्न ओमान जाने क्यानले जनाएको छ ।











प्रतिक्रिया