ढिस्कोले पुरिएर एकको ज्यान गयो

1.32k
Shares

 उदयपुर ।

 उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मा आइतबार एक  महिलाको माटो खन्ने क्रममा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं ३ चाँप बगरटोल घर भएकी शंकर कुमार राईकी श्रीमती वर्ष २४ की रमिला राईको घरबाट केही परको गेरुवाई खोलामा दशैमा घर लिप्न माटो लिन गएका समयमा माथिबाट माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।

रमिला माटो लिन एक्लै  गएकी थिइन वा अन्य साथीहरुसँग गएकी थिइन सो भने प्रहरीले केही जनाएको छैन । रमिला घर पोत्नकालगि माटो खन्दै गरेको अवस्थामा माथिबाट ढुंगा सहितको माटोको ढिस्को झरेको हुँदा सो ढुंगा माटोले शरीरमा लाग्ला उनी घटनास्थलमै  लडेकी थिइन ।

यस बारेमा घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली गएर हेरेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।