जगदीश खरेल, महावीर पुन र संगीता मिश्र मन्त्री बन्दै


काठमाडौँ। 

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्  । कार्की नेतृत्वको अन्तरिम सरकारमा थप ३ जनाको नाम आइतबार  राष्ट्रपति कार्यालय पुगेको हो ।

पत्रकार जगदीश खरेले  सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । त्यस्तै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउन लागिएको छ। मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन्।

 उनीहरूको नियुक्ति र शपथ आइतबार नै गर्ने शीतल निवासको तयारी छ ।

कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल यसअघि नै मन्त्री बनिसकेका छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास तथा अर्यालले गृह र कानुन मन्त्रालको जिम्मेवारी सम्हालेका छन् ।